मिर्गौला पीडित मियाँलाई एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित मियाँलाई एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफ्फार मियाँलाई पोखराबाट सहयोग जुटेको छ । पोखरा मुस्लिम समाजले मिर्गौला पीडित मियाँको उपचारमा सहयोग जुटाउन रु एक लाख ६ हजार तीन सय ४५ सहयोग गरेको हो ।

    विगत केही समय अगाडीदेखि मिर्गौला फेल भएपछि मियाँ दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलासिस गराइरहनुभएको छ । मिर्गौला पीडित मियाँको उपचारका लागि सहयोग पुगोस् भनेर रकम सङ्कलन गरी हस्तान्तरण गरिएको पोखरा मुस्लिम समाज ह्याप्पी गाइजले जनाएको छ ।