८०० रुपैयाँ बढ्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ८०० रुपैयाँ बढ्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    काठमाडौं : आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ।  शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। 

    तेजाबी सुन शुक्रबार ९४ हजार ३०० मा कारोबार भएको थियो भने आज ९५ हजार १०० मा कारोबार भइरहेको छ।  त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ तोकिएको छ।