काठमाडौ: नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।