नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले आज पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–५ मादी पुल नजिक तीन सय मिटर पश्चिमतर्फको बगरबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त ४०१०, ग १ त  ५९९७, को २ त ६९८७, ग १ त ६०४७ र ग १ त २९८१ नं. को ट्याक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।