आर्थिक लेनदेनमा विवाद हुँदा खुकुरी प्रहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आर्थिक लेनदेनमा विवाद हुँदा खुकुरी प्रहार

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, बुधबार

    तनहुँ :  तनहुँको व्यास नगरपालिका–४ मा आज बिहान खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ४१ वर्षीय शम्सेर खान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    खुकुरी प्रहार गर्ने ऋषिङ गाउँपालिका–३८ वर्षीय दिपकबहादुर परियार फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । खुकरी प्रहारबाट घाइते खानको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको तिमिल्सिनाले बताउनुभयो ।

    “आर्थिक लेनदेनका विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” उहाँले भन्नुभयो, “थप अनुसन्धान हुँदैछ, फरार व्यक्तिको खोजी भइरहेको छ ।” परियारको मोटरसाइकल भने प्रहरी नियन्त्रणमा छ ।