एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले खेलाडीहरुको नयाँ सम्झौता गरेको छ । क्याटलान चार सिनियर खेलाडीको सम्झौता नवीकरण गरेको हो । अस्थायी रुपमा खेलाडीको तलब कटौती गर्दै बार्सिलोनाले चार सिनियर खेलाडीको सम्झौता नवीकरण गरेको हो ।
सम्झौतामा क्लबमा लामो समयदेखि रहेका जेरार्ड पीके, मार्क आन्द्रे टेर स्टेगन सहित फ्रेन्की डी जोंग र क्लेमेन्ट लेन्गलेट रहेका छन् । नयाँ सम्झौताअनुसार ३३ वर्षीय पीके सन् २०२४ को जुनसम्म क्लबमा रहनेछन् । यस्तै, २५ वर्षीय लिन्गलेट, २३ वर्षीय डी जोङ भने सन् २०२६ सम्म क्लबमा रहनेछन् । २८ वर्षीय टेन स्टिगनले सन् २०२५ सम्म सम्झौता नवीकरण गरेका छन् ।