तनहुँ : तनहुँमा दुई दिने नाबालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका-१४ का दुई दिने नाबालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नाबालकमा कोरोना सङ्क्रमण भएको हो । नाबालाकका आमालाई सङ्क्रमण पुष्टि भएपछि बच्चाको स्वाब परीक्षण गरिएको थियो ।
आमालाई असोज २५ गते कोरोना पुष्टि भएको थियो । उहॉको पोखरास्थित गण्डकी अस्पतालमा प्रसुती गरिएको थियो ।
साङ्केतिक तस्वीर