भोटेकोशी बाढीपीडितको खोजी तथा उद्धार कार्य जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढीपीडितको खोजी तथा उद्धार कार्य जारी

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८३, बिहीबार

    दमौली, १८ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार अभियानअन्तर्गत आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट संयुक्त रूपमा प्रहरी परिचालन गरिएको हो।

    प्रहरी टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत त्रिशूली नदी किनार क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको छ। मुग्लिङ पुलदेखि देवघाटसम्मको नदी किनार क्षेत्रमा केन्द्रित भएर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    बाढीबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको र खोज तथा उद्धार कार्य भोलि पनि निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।