तनहुँ : दिनदिनै कोभिड सङ्क्रमित बढिरहेको तनहुँमा शुक्रबारसम्म उक्त सङ्ख्या ७ सय ३१ पुगेको छ । तीमध्ये ५ सय ४४ पुरुष र १ सय ८७ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सबैभन्दा बढी व्यास नगरपालिकामा २ सय २३ सङ्क्रमित छन् भने सबैभन्दा कम देवघाट गाउँपालिकामा २९ सङ्क्रमित छन् । शुक्रबारसम्म ३ सय ७१ पुरुष र ८४ महिला गरी ४ सय ५५ निको भएका छन् । जिल्लामा हालसम्म दश जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भीमादमा तीन, व्यासमा चार, आँबुखैरेनीमा दुई र म्याग्देमा एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
भानु नगरपालिकामा ८७ सङ्क्रमितमध्ये ८०, शुक्लागण्डकी नगरपालिकामा १ सय १८ सङ्क्रमितमध्ये ६५, भीमाद नगरपालिकामा ५० सङ्क्रमितमध्ये २८, म्याग्दे गाउँपालिकामा ३९ सङ्क्रमितमध्ये ३२, घिरिङ गाउँपालिकामा ३७ सङ्क्रमितमध्ये ३४, ऋषिङ गाउँपालिकामा ७२ सङ्क्रमितमध्ये ६१, देवघाट गाउँपालिकामा २९ सङ्क्रमितमध्ये २१, बन्दीपुर गाउँपलिकामा ४६ सङ्क्रमितमध्ये ३० र आँबुखैरेनी गाउँपालिकामा ३० सङ्क्रमितमध्ये १४ जना निको भएका छन् ।