एटिएम बुथभित्र अनावश्यक हर्कत गर्ने युवा लागुऔषध सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एटिएम बुथभित्र अनावश्यक हर्कत गर्ने युवा लागुऔषध सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको दमौलीबाट लागुऔषध सहित बिहीबार एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ बस्ने १९ वर्षीय किरण बानियाँ रहेका छन् । उनलाई दमौलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    व्यास नगरपालिका–४ स्थित माछापुच्छ्रे बैङ्कको एटिएमभित्र अनावश्यक हर्कत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट १ सय ३५ थान नाइट्रोजन र निजले प्रयोग गरेको बा ११ प ९९६५ नं को मोटरसाइकल बरामद गरेको छ ।