तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–३ रानीपोखरीस्थित भित्री सडकखण्डमा बिहीबार मोटरसाइकल पल्टदा एक महिला घाइते भएकी छन् । रामपुरबाट काठमाडौ जाँदै गरेको बा ६५ प २१३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलमा सवार ललितपुर नक्कीपुर बस्ने ३० वर्षीया देवकी मगर घाइते भएकी हुन् ।
घाइते महिलाको टाउको, अनुहार र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।