म्याग्दे गाउँपालिकामा फेरि अत्यावश्यक बाहेकका सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकामा फेरि अत्यावश्यक बाहेकका सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले फेरि चार दिन अत्यावश्क बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । तीन दिन बन्द भएपछि गाउँपालिका र वडा कार्यलयको सेवा आइतबारदेखि सुचारु भएको थियो ।

    सोमबार प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले विज्ञप्ती जारी गर्दै गाउँपालिकाले मंगलबारदेखि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालय र सेवा प्रदायक संस्थाबाट प्रवाहा हुने अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

    आगामी आइतबारदेखि बन्द भएका सबै क्षेत्र र सेवा खुल्नेछन् ।
    गाउँपालिकाकामा कार्यरत कर्मचारी कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्न सेवा बन्द गरिएको अधिकारीले बताउनुभयो । सोमबार गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । म्याग्देमा गाउँपालिका उपाध्यक्षसहित ४ जना कर्मचारीलाई कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । उपाध्यक्षको त्रिवि शिक्षण हस्पिटल काठमाडौँमा उपचार भईरहेको छ ।