तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । मङ्सिर ११, १२ र १३ गते काठमाडौमा हुन लागेको महासङ्घको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
श्रेष्ठले जिल्ला नगरतर्फबाट महासङ्घको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
तनहुँ जिल्लाको प्रतिनिधित्व गर्दै आफूले महासङ्घको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । व्यावसायिक हकहित आफ्नो उम्मेदवारीको उद्धेश्य रहेको श्रेष्ठको भनाई छ । दमौलीमा रहेको गण्डकी हार्डवेयरका प्रोपाइटर समेत रहनुभएका श्रेष्ठ तनहुँ जिल्लाकै प्रतिष्ठित व्यापारी हुनुहुन्छ ।