५६ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ५६ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँमा सक्रिय कोरोना सङ्क्रमितमध्ये ५६ प्रतिशत होम आइसोलेशनमा बसेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार दुई सय ७९ सक्रिय सङ्क्रमितमध्ये एक सय ५८ सङ्क्रमित होम आइसोलेशनमा बसेका छन् ।

    लक्षण नदेखिएका सङ्क्रमित घरमै बस्न पाउने व्यवस्था भएपछि उनीहरु होम आइसोलेशनमा बस्न थालेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । होम आइसोलेशनमा बस्नेहरुलाई सुरक्षित रुपमा छुट्टै बस्न सचेत गराइएको छ ।

    कार्यालयका अनुसार भानु नगरपालिका सात, व्यास नगरपालिकाका ६५, शुक्लागण्डकी नगरपालिकाका २०, भीमाद नगरपालिकाका २२, म्याग्दे गाउँपालिकाका आठ, घिरिङ गाउँपालिकाका एक, ऋषिङ गाउँपालिकाका नौ, बन्दीपुर गाउँपालिकाका १२ र आँबुखैरेनी गाउँपालिकाका १४ जना होम आइसोलेशनमा छन् ।

    बाँकी अन्य सङ्क्रमित दमौली, शुक्लागण्डकी नगरपालिकामा निर्माण गरिएको आइसोलेशनमा रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ९ सय ७ जनामा सङ्क्रमण भएकामा ६ सय १७ निको भएका छन् ।

    भानु नगरपालिकामा एक सय पाँच सङ्क्रमित रहेकामा ८३, व्यास नगरपालिकामा दुई सय ८९ सङ्क्रमित रहेकामा एक सय ९२, शुक्लागण्डकी नगरपालिकामा एक सय ४६ सङ्क्रमित रहेकामा ९७, भीमाद नगरपालिकामा ६१ सङ्क्रमित रहेकामा ३०, म्याग्दे गाउँपालिकामा ४९ सङ्क्रमित रहेकामा ३३, घिरिङ गाउँपालिकामा ३८ सङ्क्रमित रहेकामा ३६, ऋषिङ गाउँपालिकामा ९२सङ्क्रमित रहेकामा ६५, देवघाट गाउँपालिकामा ३१ सङ्क्रमित रहेकामा २८, बन्दीपुर गाउँपालिकामा ५२ सङ्क्रमित रहेकामा ३९ र आँबुखैरेनी गाउँपालिकामा ४४ सङ्क्रमित रहेकामा १४ जना निको भएका छन् ।

    कोरोना सङ्क्रमणको जोखिम बढेपछि शुक्लागण्डकी नगरपालिकाले बुधबार राति १२ बजेदेखि मङ्गलबारसम्म बजार क्षेत्रमा लकडाउन घोषणा गरेको छ भने म्याग्दे गाउँपालिकाले शुक्रबारसम्म सेवा प्रवाह बन्द गरेको छ ।

    १३ को मृत्यु

    जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । कोरोना सङ्क्रमणबाट व्यास नगरपालिकाका छ, भीमाद नगरपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।