कोरोना सङ्क्रमणबाट भीमादमा ६६ वर्षीय वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट भीमादमा ६६ वर्षीय वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमणका कारण तनहुँको भीमाद नगरपालिका–९ का ६६ वर्षीय वृद्धको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार पश्चात् बुधबार मात्रै घर आएका ती वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

    भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले ती वृद्धको मृत्युको पुष्टि गर्नुभएको छ । “हिजो मात्रै अस्पतालबाट घर ल्याइएको थियो, आज बिहान अचानक मृत्यु भयो,” थापाले भन्नुभयो, “शव व्यवस्थापन बारे छलफल भइरहेको छ ।”

    थापाका अनुसार ती वृद्ध निमोनिया र उच्च रक्तचापको बिरामी थिए । १५ दिन अगाडी उपचारका क्रममा जानुपूर्व गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएपनि उपचारका क्रममा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । कोरोना सङ्क्रमणबाट व्यास नगरपालिकाका छ, भीमाद नगरपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    फाइल तस्वीर