जिल्लामै पहिलो पटक कोरोना सङ्क्रमितको शव व्यवस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लामै पहिलो पटक कोरोना सङ्क्रमितको शव व्यवस्थापन

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट मृत्यु भएका तनहुँको भीमाद नगरपालिका–९ भानुमतिका वृद्धको बिहीबार शव व्यवस्थापन गरिएको छ । नेपाली सेनाको खैरेनीटारस्थित राजदल गणको टोलीले ती वृद्धको शव व्यवस्थापन गरेको हो ।

    भीमाद नगरपालिकास्थित सेती नदी किनारमा ६६ वर्षीय वृद्धको शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामै शव व्यवस्थापन गरिएको यो पहिलो हो । यसअगाडी जिल्लाभित्रै कोरोना सङ्क्रमितको मृत्यु नभएकाले सम्बन्धित ठाउँमै ती सङ्क्रमितको शव व्यवस्थापन हुँदै आएको थियो ।

    चितवन मेडिकल कलेजमा उपचार पश्चात् बुधबार मात्रै घर आएका ती वृद्धको बिहीबार बिहान मृत्यु भएको हो । “हिजो मात्रै अस्पतालबाट घर ल्याइएको थियो, आज बिहान अचानक मृत्यु भयो,” थापाले भन्नुभयो । थापाका अनुसार ती वृद्ध निमोनिया र उच्च रक्तचापको बिरामी थिए । १५ दिन अगाडी उपचारका क्रममा जानुपूर्व गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएपनि उपचारका क्रममा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    फाइल तस्वीर