मानहुँकोटमा सार्वजनिक शौचालय बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानहुँकोटमा सार्वजनिक शौचालय बनाइने

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सार्वजनिक शौचालयको अभावमा यहाँ पुग्ने सर्वसाधारणलाई समस्या भएपछि नगरपालिकाले तत्कालै शौचालय निर्माण गर्ने भएको हो ।

    आन्तरिक पर्यटकहरुको सुविधालाई ध्यानमा राखी सार्वजनिक शौचालय लगायतका संरचना निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    मानहुँकोट पुग्ने आन्तरिक पर्यटकले सार्वजनिक शौचालय अभाव रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका थिए । “आवश्यक संरचना निर्माणको तयारी हुँदै गर्दा कोभिडको सङ्क्रमण बढेपछि कोभिड व्यवस्थापनतर्फ बढि लाग्नुप¥यो,” श्रेष्ठले भन्नुभयो, “तर पछिल्लो केही हप्ता मानहुँकोटमा ह्वात्तै पर्यटक बढेपछि उक्त समस्या खड्कियो । अब तत्कालै शौचालय निर्माणको प्रकृया अगाडी बढ्छ ।”

    दैनिक तीन सय पर्यटकलाई प्रवेश अनुमति दिइने

    मानहुँकोटमा दैनिक हजारौको सङ्ख्यामा पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । कोरोनाको जोखिम कायमै रहेकाले अब दैनिक तीन सय जनालाई मात्रै मानहुँकोट प्रवेश दिने तयारी गरिएको छ । त्यसका लागि मानहुँकोट प्रवेश गर्ने बाटोमा त्यहाँ जाने सम्पूर्णको विवरण दर्ता गरिनेछ ।