एपोलोमा स्वाब सङ्कलन शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एपोलोमा स्वाब सङ्कलन शुरु

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, मंगलवार

    तनहुँ : तनहुँको दमौलीस्थित नेशनल एपोलो अस्पतालमा मङ्गलबारदेखि स्वाब सङ्कलन शुरु भएको छ । सशुल्क रुपमा कोरोना परीक्षणका लागि अस्पतालले स्वाब सङ्कलन शुरु गरेको हो ।

    शुल्क तिरेर पिसीआर परीक्षणका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता रहेकाले अस्पतालले सर्वसाधारणको सहजताका लागि स्वाब सङ्कलन शुरु गरेको सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो।

    उहाँका अनुसार प्रत्येक हप्ताको मङ्गलबार स्वाब सङ्कलनको व्यवस्था मिलाइनेछ । “सङ्कलन गरिएको स्वाब नेपाल सरकारबाट मान्यताप्राप्त ल्याबमा परीक्षण गरिनेछ,” उहाँले भन्नुभयो, “जिल्लामै स्वाब सङ्कलनको व्यवस्था भएपछि पोखरा र चितवन जानुपर्ने बाध्यता हट्नेछ ।” दाहालका अनुसार सङ्कलन गरिएको स्वाबको रिपोर्ट एकदिनमै उपलब्ध गराइनेछ । “अत्यन्तै जरुरी भएकाहरुलाई आजको आजै पनि रिपोर्ट दिने व्यवस्था मिलाउनेछौ,” उहाँले भन्नुभयो । दश जना भन्दा बढी भएको खण्डमा अस्पतालले सम्बन्धित ठाउँमा र जुनसुकै दिनमा पनि स्वाब सङ्कलनको व्यवस्था मिलाउने दाहालले जानकारी दिनुभयो ।