मानहुँको विकासका लागि प्रदेश सरकारको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

    “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ,” खबरपुञ्जसँग कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “यहाँ खानेपानी, सडक र सरसफाईको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्न तयार छ ।” यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

    मानहुँकोटमा प्याराग्लाइडिङ, पिङ लगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो । “समग्र योजना बनाएर अगाडी बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हुँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै शुरु गरिनेछ,” उहाँले भन्नुभयो ।

    सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसानले) मानहुँको विकासका लागि सङ्घीय सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले मानहँुकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरिने बताउनुभयो । “व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडी बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौ,” कोइरालाले भन्नुभयो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रबद्र्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताउनुभयो । मानहँुकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भएपनि यहाँ भएका टेलिकम र विद्युतका तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिनुभयो । मानहुँकोटमा पूर्वाधार निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

    साे अवसरमा व्यास नगरपालिका-५ का वडाध्यक्ष माेहनकुमार श्रेष्ठले मन्त्री गुरुङलाई मानहुँकाे वस्तुस्थितिकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।