तनहुँ : लेनदेन मुद्घामा फरार एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कास्कीको साविक सिद्ध गाविस-९ छापपाखा घर भई हाल व्यास नगरपालिका-३ महर्षिचोक बस्ने ४० वर्षीया मिना थापा रहेको प्रहरीले जनाएको छ ।
बन्दीपुर गाउँपालिका-६ धर्मपानी बस्ने केशमाया गुरुङसँग रु ६ लाख ७२ हजार ७ सय ८० रकम लिएर फरार मिनालाई जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।