ट्रकको ठक्करबाट श्यामनारायण घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ट्रकको ठक्करबाट श्यामनारायण घाइते

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा शुक्रबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग१३प १९२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जॉदै गरेको ग१ख ७३११ नम्बरको ट्रकले ठक्कर दिँदा वेशीशहर नगरपालिका-११ बस्ने ४५ वर्षीय श्यामनारायण श्रेष्ठ घाइते भएका हुन् ।

    घाइतेको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।