‘चालकको लापरवाहीले दुर्घटना’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘चालकको लापरवाहीले दुर्घटना’

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान भएको दुर्घटनामा सवारी चालकको लापरवाही पाइएको छ । मानहुँकोट पुग्ने बेलामा गरिएको ढलानबाट माइक्रो पछाडी हटेर सडकबाट ६÷७ सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।

    पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो दुर्घटना भएको हो । ढलान सकिने बित्तिकै ढिस्कोमा माइक्रोको बम्फर छोएपछि चालक गाडीबाट झरेका थिए । चालक झरेपछि केही यात्रु पनि झरेका थिए । तर उनीहरु झर्ने बित्तिकै गाडी अचानक भीरबाट खस्यो । गाडीभित्रै रहेका तल्लो गगनगौडाकी २८ वर्षीया सुनिता गुरुङ, अर्की महिला र दुई बच्चा पनि सँगसँगै गाडीबाट खसे ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटका अनुसार दु्र्घटनामा सुनिताको मृत्यु भएको छ । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो । “दुर्घटनामा सवारी चालकको गल्ती देखिन्छ, उकालो बाटोमा चालक गाडीबाट झर्न हुन्थेन, गाडीमा पनि ओट लगाउनुपथ्र्यो,” रानाभाटले भन्नुभयो । माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् ।

    माइक्रोमा १४ जना सवार थिए । उनीहरु सबै तल्लो गगनगौडाका हुन् । घर वरपरकै मानिसहरु मिलेर मानहुँकोट घुम्न आउँदै थिए । पछिल्लो समय निकै चर्चित बनेको मानहुँकोटमा दैनिक आन्तरिक पर्यटकको भीड बढेको छ । बिहानै ३ बजेदेखि आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।