तनहुँमा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, व्यास नगरपालिकामा तीन र ठेगाना नखुलेका एक गरी चार सङ्क्रमित थपिएका हुन् ।

    क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ठेगाना नखुलेका ८० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा शुक्लागण्डकी नगरपालिका–२ का ३० र ७० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ भने व्यास नगरपालिका–६ का ४६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।