कौडा खेल्ने १४ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कौडा खेल्ने १४ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७७, बुधबार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका–१ छापबाट कौडा खेल्ने १४ जनालाई बुधबार पक्राउ गरेको छ । स्थानीय रविन पौडेलको खाली घरमा कौडा खेलेको सूचनाको आधारमा प्रहरीले १४ जनालाई नगद सहित पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर सुनार, भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास विक, रवि कपाली, महेश कपाली र मनिष थापा रहेका छन् ।

    इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट रु ५५ हजार छ सय पाँच, १६ थान कौडा, एक थान चकडी, एक थान गुन्द्री बरामद गरेको छ ।