तनहुँमा थपिए नौ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए नौ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँमा बिहीबार नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, भानु, देवघाटमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका-२ का ४३ र व्यास-११ का ६५ वर्षीय पुरुष, क्लागण्डकी नगरपालिका-५ का ३६ वर्षीय पुरुष, सोही वडाका २२ वर्षीया महिला, शुक्लागण्डकी-७ का ४५, ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    देवघाट-१ का १७, भानु-९ का ६२ र ठेगाना नखुलेका ७७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।