तनहुँ : नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य पदमा देवकुमार श्रेष्ठको विजयपछि जिल्लाका व्यवसायीले तनहुँको लागि गौरवको क्षण रहेको प्रतिक्रिया दिनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले देवकुमार श्रेष्ठ केन्द्रीय सदस्य पदमा विजयी हुँदा तनहुँको जित भएको बताउनुभयो ।
“आज एकदमै खुशीको क्षण हो, तनहुँको गौरव बढेको छ,” उहॉले भन्नुभयो, “उहॉको कार्यकाल सफल होस, व्यवसायीको हकहितका लागि उहॉको भूमिका रहन्छ ।”
तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव इमकुमार मल्लले सबै व्यवसायीलाई एकताबद्ध बनाएर लैजान शुभकामना दिनुभयो । दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले देवकुमार श्रेष्ठको जित तनहुँवासीकै जित सरह रहेको बताउनुभयो ।