तनहुँ : गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तनहुँ क्षेत्र नं १ प्रदेश (क) मा सडक र भवन निर्माणलाई प्राथमिकता दिँदै विकास योजना टुङ्गो लागेको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ संयोजक तथा समानुपातिक सांसद सरिता गुरुङ, डोवाटे विक सदस्य र पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गाना सदस्य सचिव रहेको समितिले विभिन्न योजनाको टुङ्गो लगाएको हो ।
जसअनुसार व्यास नगरपालिका–४ स्थित सुवर्ण मोटरमार्गका लागि रु २५ लाख, व्यास नगरपालिका–१० स्थित कलेस्ती पुलबाट अधेरीभञ्ज्याङ हुँदै धैरैनी बाटो स्तरीकरणका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । व्यास नगरपालिका–९ स्थित अमर सहिद मोटरमार्ग र व्यास नगरपालिका–११ स्थित बेलटारी मूलपानी मोटरमार्गका लागि रु ९÷९ लाख बजेट विनियोजन भएको सांसद गुरुङको सचिवालयले जनाएको छ ।
व्यास नगरपालिका–१० स्थित चन्द्रकान्तचोक हुँदै नयाँ बस्ती माई थुम्का मोटरमार्ग (शेवरको चौताराबाट उज्ज्वलचोकसम्म ग्रावेल) का लागि रु ११ लाख, व्यास नगरपालिका–८ स्थित बिलाउने खोला सामुदायिक भवन ट्रष्ट निर्माणका लागि रु दश लाख, व्यास नगरपालिका–९ मेवाबारी आमा समूह सामुदायिक भवन निर्माणका लागि रु दश लाख बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिका–७ स्थित छापथोक सामुदायिक भवन मर्मत तथा बाटोबत्तीका लागि रु दुई लाख, व्यास नगरपालिका–९ गैरीस्वाँरास्थित बसाहास्थान कृषि समूहका लागि रु चार लाख, भानु नगरपालिका–१२ स्थित रुद्रदेवी आमा समूह भवन निर्माणका लागि रु ६ लाख, भानु नगरपालिका–१३ स्थित पोखरीछाप आमा समूह भवन निर्माणका लागि रु ६ लाख, भानु नगरपालिका–११ स्थित नयाँ बिहानी प्रगतिशिल आमा समूह, एकता समाज टुहुरेपसल, ढाँडफेदी समाज घर, सिमलचौर समूह भवनका लागि रु ११ लाख, भानु नगरपालिका–१ स्थित सामुदायिक भवन ग्रिनपार्कका लागि रु ११ लाख विनियोजन भएको छ ।
भानु नगरपालिका–३ स्थित माहा डिडमा सम्पालिङ बौद्ध गुम्बाका लागि रु पाँच लाख, भानु नगरपालिका–३ स्थित कल्लेरी कृषि तथा माछा पालन समूहका लागि रु पाँच लाख, भानु नगरपालिका–५ स्थित भुलभुले बरादी खेलमैदानका लागि रु चार लाख, व्यास नगरपालिका–७ स्थित भञ्ज्याङ गोल्दी मोटरबाटो स्तरीकरणका लागि रु तीन लाख, व्यास नगरपालिका–११ निर्वु वाराही मन्दिर निर्माणका लागि रु दश लाख, व्यास नगरपालिका–३ तमु पैधी, राधेराधे भवनका लागि रु पाँच लाख, व्यास नगरपालिका–८ स्थित कोरथोक आमा समूह सामुदायिक भवनका लागि रु तीन लाख, भानु नगरपालिका–१० स्थित कालीपोखरी निर्माणका लागि रु पाँच लाख, भानु नगरपालिका–६ स्थित रामप्रसाद स्मृति भवन निर्माणका लागि रु चार लाख, भानु नगरपालिका–१३ स्थित कृष्णबहादुर सहिद पार्क टुटेपानी, रयाले सामुदायिक भवन, बासपानी सामुदायिक भवन निर्माणका लागि रु दश लाख, भानु नगरपालिका–११ स्थित कुन्छा ठार्के बाटो हुँदै पुलिमराङ बाटो स्तरीकरणका लागि रु चार लाख र भानु नगरपालिका–६ स्थित सिमपानी बाटो स्तरीकरणका लागि रु तीन लाख बजेट विनियोजन भएको छ ।