यी हुन् सांसद श्रेष्ठको निर्वाचन क्षेत्रका विकास योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् सांसद श्रेष्ठको निर्वाचन क्षेत्रका विकास योजना

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि विकास योजनाको टुङ्गो लागेको छ । आर्थिक वर्ष ०७७÷७८ मा सञ्चालनका लागि सांसद श्रेष्ठले क्षेत्र नं १ का पाँच स्थानीय तहमा विभिन्न योजनाका लागि बजेट विनियोजन गर्नुभएको हो ।

    रु चार करोडको योजनाका लागि पाँच स्थानीय तहमा ३० वटा योजना छनौट भएका छन् । व्यास नगरपालिकामा ९ योजनाका लागि रु एक करोड २७ लाख ४० हजार, भानु नगरपालिकामा ८ योजनाका लागि रु एक करोड १७ लाख, बन्दीपुर गाउँपालिकामा चार योजनाका लागि रु ४७ लाख, आँबुखैरेनी गाउँपालिकामा पाँच योजनाका लागि रु ५० लाख र देवघाट गाउँपालिकामा चार योजनाका लागि रु ५५ लाख बजेट विनियोजन भएको छ ।

    व्यास नगरपालिकास्थित सहिद निर्मल रानाभाट स्मारक बहुउद्देश्यीय अधुरो भवन निर्माणका लागि रु १० लाख, लालीगुराँस आमा समूह, ठूलोगाउँ भवन निर्माण र तालघरे सामुदायिक अधुरो भवन निर्माणका लागि रु १५ लाख, सिर्जना टोल पहिरो नियन्त्रण, नन्दलाल शर्मा, सिर्जना श्रेष्ठ सहित र सिन्धुसेवा समाज गुठी कम्पाउण्ड निर्माणका लागि रु १७ लाख ४० हजार, विलौनी खेलकुद मैदान तथा गाडापानी बाराही मन्दिर निर्माणका लागि रु १५ लाख, भ¥याङ्दी मोटरमार्ग स्तरोन्नति तथा कजवे निर्माणका लागि रु १० लाख, दुम्सी दुग्ध उत्पादक सहकारी संस्था भवन निर्माणका लागि रु १५ लाख, छिर्कने सामुदायिक कृषि भवन निर्माणका लागि रु १५ लाख, गोल्ला छाब्दी मोटरमार्गका लागि रु १५ लाख र थानीमाई मन्दिर तथा खेलकुद मैदान निर्माण र कुलुङ पर्यटन पूर्वाधार निर्माणका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।

    भानु नगरपालिकास्थित सतिघाट बाटो तथा ट्रष्ट निर्माणका लागि रु १० लाख, नुरी मदर्सा अधुरो भवन निर्माण, तमुसेवा समाज तथा निर्जला महिला समूह, तामाङ, मगर समाज, पहिरो नियन्त्रणका लागि रु १८ लाख, ममता आमा समूह भवन तथा खातीथोक क्रिस्को मण्डली तामाङ गाउँ भवन निर्माणका लागि रु १० लाख, रनपले, बरभञ्ज्याङ स्वामीचौतारा सडक स्तरोन्नती, नाला निर्माण, सरस्वती सदन माविका लागि रु २० लाख, विरुवाटार ताल्वेइलमा मदर्सा तथा आहाले सामुदायिक भवनका लागि रु ११ लाख, लभ्राक, देउराली, आहाले, बगालेगाउँ, मन्टेहटिया सडक स्तरोन्नती तथा बलिफाँट खानेपानीका लागि रु १६ लाख, मानेचौका राइपाली मोटरमार्ग स्तरोन्नतीका लागि रु १५ लाख र मानेचौका टुहुरेपसल ढाडखोला मोटरमार्ग र सूर्योदय गाउँवेशी आमा समूहका लागि रु १७ लाख विनियोजन भएको छ ।

    बन्दीपुर गाउँपालिकास्थित सिकेविके क्याम्पस अधुरो भवन निर्माणका लागि रु १० लाख, आठविसे कुलो मर्मत योजनाका लागि रु १० लाख, सयपत्री आमा समूह भवन सभाहल र शौचालय निर्माण तथा तिलाहार रेलिङ र पदमार्ग निर्माणका लागि रु १५ लाख, खड्गदेवी आमा समूह अधुरो भवनका लागि रु १२ लाख विनियोजन भएको छ ।

    आँबुखैरेनी गाउँपालिकास्थित मित्रता युवा क्लव खेलमैदान, ताओ गुम्बामा सार्वजनिक शौचालय, चण्डेश्वरी आधारभूत विद्यालय कम्पाउण्ड निर्माण, लाब्दी भोटेश्वाँरा हिलेखर्क मोटरमार्ग स्तरोन्नती र प्युघर गुम्बा अधुरो भवन र छिम्केश्वरी लाब्दी महिला विकास समूह भवन निर्माणका लागि रु १०÷१० लाख विनियोजन भएको छ ।

    देवघाट गाउँपालिकास्थित कछाडक्षेत्र ग्रामीण मोटरमार्ग र फिदिमश्वाँरा मोटरमार्ग र काफलस्वाँरा मोटरमार्गका लागि रु १०÷१० लाख र गाइघाट बगन्डी गाउँ जाने बाटो तथा देउपुर सामुदायिक टोल विकास अधुरो भवनका लागि रु २५ लाख विनियोजन भएको छ ।