‘विकासमा केपी ओली नेतृत्वको सरकार प्रतिबद्ध’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ‘विकासमा केपी ओली नेतृत्वको सरकार प्रतिबद्ध’

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७७, मंगलवार


    तनहुँ : सङ्घीय सांसद एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले केपी ओली नेतृत्वको वर्तमान सरकार विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ बाख्रेमा मङ्गलबार आयोजित जनतासँग भेटघाट कार्यक्रममा सिग्देलले सरकारको काम देखेर प्रतिपक्षी आत्तिएको बताउनुभयो ।

    “सरकारले जनपक्षीय काम देखेर विपक्षी पार्टीहरु सरकार असफल बनाउन लागिपरेका छन्,” उहॉले भन्नुभयो । सरकारले दीर्घकालिन योजनाका साथ काम गरेको हुँदा समयक्रमसँगै सरकारको काम देखिने उहॉको भनाई थियो । विकास योजनाको अनुगमन र जनगुनासो सुन्न पुग्नुभएका सासंद सिग्देलले सरकारको काम कारवाहीलाई सुक्ष्म ढंगले अध्ययन गर्न आग्रह गर्नुभयो । सङ्घीयता कार्यन्यन सँगै तीनै तहको सरकारले जनताको काम गरेको हुँदा विकास निर्माणमा नआत्तिन उहॉले आग्रह गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले कम्युनिष्टको सरकार जनताको सरकार भएको बताउनुभयो । प्रदेश सरकारले पनि यो क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण भूमिक खेलेको भन्दै बाटोघाटो, पुल पुलेसा निर्माणका कामले तीव्रता लिएको उहॉले बताउनुभयो ।

    नेकपा म्याग्दे गाँउपालिकाका अध्यक्ष दिल बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा तनहुँका सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेकपा जिल्ला तनहुँका कार्यलय सचिव राजेश्वर ढकाल लगायत स्थानीय वासिन्दाहरुले विकास निर्माण सम्वन्धि धारणा राखेका थिए ।