रामचन्द्र पौडेल पक्राउको विरोधमा दुलेगौँडामा प्रर्दशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र पौडेल पक्राउको विरोधमा दुलेगौँडामा प्रर्दशन

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७७, बुधबार

    दुलेगौँडा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार व्यास नगरपालिका–१ र १० लाई जोड्ने बुल्दी खोला माथी बनेको पक्की मोटरेबल पुल उद्घाटनको बेला जादै गर्दा प्रहरीले पक्राउ गरेको घटनाको बिरोधमा दुलेगौँडामा बिरोध प्रर्दशन भएको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शुक्लागण्डकीको आयोजनामा बुधबार साँझ दुलेगौँडाको वन्केवाचोकमा पृथ्विराजमार्गमा टायर बालेर बिरोध प्रर्दशन भएको हो ।


    बिरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ तनहुँका सभापति चुडामणि खनालले पुल उद्घाटनमा गएको बेला नेता पौडेल प्रकाउ पर्नु लज्जास्पद घटना भएको बताउनुभयो । नेता पौडेललाई पक्राउ गरेर बर्तमान सरकारले लोकतन्त्रको खिल्ली उडाएको उहाँको भनाई छ ।


    नेविसंघ शुक्लागण्डकीका नेता भिष्म श्रेष्ठले कांग्रेस सरकारमा हुदाँ बनाईएका पुल नेकपा सरकाले आफुले जस लिन खोजेको बताउनुभयो । उहाँले दमौलीमा भएको घटनाले काम गर्ने कालु मकै खाने भालु भन्ने उखान चरितार्थ भएको उल्लेख गरे । बिरोध प्रर्दशनका कारण केहीबेर पृथ्वीराजमार्गमा सवारी अबरुद्ध भएको थियो ।