म्याग्देमा विविध कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा विविध कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको अभियान

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७७, बुधबार

    तनहुँ : म्याग्दे गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मूल नाराका साथ सञ्चालन भएको अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष मायादेवी रानाले लैङ्गिक हिंसा विरुद्धको सचेतना जगाउन विविध कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार शुक्रबार लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण, स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान, गाउँपालिकाका स्वास्थ्य केन्द्रबाट सुत्केतरी भएका महिलाहरुलाई सुविधा प्रदान गरिनेछ ।

    त्यस्तै गाउँपालिका अन्तर्गत नौ माध्यमिक विद्यालयबाट एक एक जना छात्रालाई सहभागी गराई लैङ्गिक हिंसा न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता गरिने अधिकारीले जानकारी दिनुभयो ।