तनहुँ : तनहुँमा सोमबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यास नगरपालिकामा सङ्क्रमित थपिएका हुन् ।
शुक्लागण्डकी-७ का ४७ र शुक्लागण्डकी-८ का ३२ वर्षीय पुरुष तथा व्यास-५ की ३१ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।