


तनहुँ : सालको पात विक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएकी तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दकुमारी दवाडीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ । तनहुँ घर भई हाल कोरियामा कार्यरत तुल थापा मगरले दवाडीलाई नगद रु दश हजार सहयोग गर्नुभएको हो ।
उक्त रकम युवा अभियान्ता सुमन श्रेष्ठले शनिबार दवाडीलाई हस्तान्तरण गर्नुभएको छ । थापाले व्यास नगरपालिका–३ शान्तिनगरस्थित बलेधारा नजिक पुरानो घरमा बस्दै आउनुभएका जन्मजात अपाङ्ग गणेश गुरुङलाई पनि लत्ता कपडा सहयोग गर्नुभएको छ । श्रेष्ठले सालको पात बेच्ने दवाडी र अपाङ्गता गुरुङको अवस्थाका बारेमा सामाजिक सञ्जालमा जानकारी गराएपछि सहयोग जुट्ने क्रम शुरु भएको छ ।