तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जबरजस्ती करणी गरेको शनिबार प्रहरीमा उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ,” तिमिल्सिनाले भन्नुभयो ।