तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित, एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित, एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँमा आइतबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र बन्दीपुरमा ११ जना सङ्क्रमित थपिएका हुन् ।

    शुक्लागण्डकीमा सात र बन्दीपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । शुक्लागण्डकी-१ का ३५ वर्षीया महिला, शुक्लागण्डकी-५ का ६७,६५,३२,४४,४८ र शुक्लागण्डकी-७ का ७५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    बन्दीपुरका २३ वर्षीया महिला र ३३,५५ र २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    म्याग्देका ६० वर्षीय पुरुषको मृत्यु

    कोरोना सङ्क्रमणबाट म्याग्देका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । म्याग्दे-२ का उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    उहॉका मङ्सिर २४ गते कोरोना पुष्टि भएको थियो ।