नेतालाई खुइलाएर टिकाटिप्पणी नगर्न अग्रज नेताहरुको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेतालाई खुइलाएर टिकाटिप्पणी नगर्न अग्रज नेताहरुको आग्रह

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्लास्तरीय अग्रज नेताहरुले पार्टी एकतालाई सुदृढ बनाउँदै नेताहरुबीच देखिएको तिक्तता अन्त्य गर्न माग गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बुधबार दमौलीमा आयोजना गरेको परामर्श कार्यक्रममा सहभागी नेताहरुले पार्टी एकताका पक्षमा तनहुँ जिल्ला एकढिक्का रहेको सन्देश दिनुभएको छ ।

    कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देलले नेताहरुलाई खुइलाएर सामाजिक सञ्जालमा कटु टिकाटिप्पणी नगर्न आम पार्टी पङ्क्तिमा आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष एवं सङ्घीय सांसद केदार सिग्देलले पार्टी एकताको पक्षमा तनहुँ एकढिक्का भएर अगाडी बढ्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा नेकपाका अग्रज नेताहरु शेषमणि आचार्य, विद्यानाथ ढकाल, विश्वबन्धु भण्डारी, दधिराज सुवेदी, इन्द्रबहादुर अधिकारी, डम्बरदेव कैनी लगायतले गुण र दोषका आधारमा पार्टीभित्र प्रणालीगत रुपमा आफ्ना कुरा राख्न आग्रह गर्दै अनावश्यक टिकाटिप्पणी गर्न उचित नरहेको सुझाव दिनुभयो ।

    प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेको वर्तमान परिस्थितिमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा नेताहरुको जोड रहेकाे व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयाे ।