गण्डकी प्रादेशिक छनोटमा तनहुँको विजयी शुरुवात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रादेशिक छनोटमा तनहुँको विजयी शुरुवात

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७७, आईतवार

    तनहुँ : पोखरामा जारी पुरुष प्रधानमन्त्री कप अन्तर्गतको गण्डकी प्रादेशिक छ्नोट प्रतियोगितामा तनहुँले विजयी शुरुवात गरेको छ ।शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा तनहुँले जित आत्मसाथ गर्ने क्रममा स्याङ्जालाई ११ रनले पराजित गरेको छ ।

    खेलमा तनहुँले प्रस्तुत गरेको १ सय ४१ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको स्याङ्जा ४७.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय २९ रनमा सिमित हुन् पुग्दा नतिजा तनहुँले आफ्नो पक्षमा पार्न सफल भयो ।

    स्याङ्जाका लागि विष्णु पाण्डेले सर्वाधिक २३ रन बनाउँदा अशोक श्रेष्ठले १९ रन बनाए भने ओपनर ब्याट्सम्यान हिमेश ठकुरीले १६ रन बनाउँदा अन्य खेलाडीले त्यति उल्लेख योगदान गर्न सकेनन् ।

    बलिङतर्फ तनहुँका दिनेश जंग बुढा मगरले ३ तथा करुण, राजु गुरुङ र चन्द्रकान्त पौडेलले समान २-२ विकेट लिएका थिए भने विनय भण्डारीले पनि १ विकेट हात पारे ।

    त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको तनहुँले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।

    तनहुँका लागि ओपनर ब्याट्सम्यान समीर कडेलले सर्वाधिक ठूलो पारी खेले । ६० बलको सामना गरेका उनले २ चौकासहित २६ रन जोडे ।

    यस्तै टिमका लागि करुणले १७ र दिपेश अधिकारीले १६ र प्रवेश खड्काले ११ रन बनाएका थिए ।

    बलिङतर्फ स्याङ्जाका अंक अशोक श्रेष्ठ र सुरज गुरुङ्ले समान ३-३ विकेट हात पार्दा विष्णु पाण्डेले २ र मिलन लुईटेल र सुजन गौतमले समान १-१ विकेट लिएका थिए ।

    खेलको प्लेयर अफ द म्याच तनहुँका करुण घोषित भएका थिए । यसअघि प्रतियोगिताको पहिलो खेलमा कास्कीले स्याङ्जालाई ७ विकेटले पराजित गरेको थियो ।अब छ्नोट अन्तर्गत आईतबार नवलपुर र तनहुँबीच प्रतिस्पर्धा हुनेछ ।