सुनको मूल्य फेरी बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य फेरी बढ्यो

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, सोमबार

    काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले उकालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छ । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो । 

    यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३२० मा कारोवार भएको छ । आइतबार चाँदी एक हजार २८० मा कारोवार भएको थियो ।