व्यासको विशेष सभा आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको विशेष सभा आज

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाको विशेष नगरसभा आज हुँदैछ । नगरसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

    नगरसभामा दुई वटा मात्रै एजेण्डा रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । कर र पब्लिक प्राइभेट पार्टनरसीपका सम्बन्धमा नगरसभाबाट निर्णय हुने उहॉले जानकारी दिनुभयो ।

    नगरसभाको उदघाटन अवसरमा सञ्चारकर्मीलाई निमन्त्रणा गर्ने विगतको परम्परा रहेपनि यसपटक भने नगरपालिकाले सञ्चारकर्मीलाई जानकारी गराएको छैन । नगरसभा ‘गोप्य’ हो र भन्ने प्रश्नमा सिग्देलले त्यस्तो केही पनि नरहेको र निर्णय सञ्चारमाध्यम मार्फत् जानकारी गराइने बताउनुभयो ।