व्यासका कोरोना सङ्क्रमित वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ का एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ६४ वर्षीय पुरुषको सोमबार राति कोरोना सङ्क्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

    उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँमा मङ्सिर २९ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा थिए । उहाँमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।