कोरोना सङ्क्रमणबाट म्याग्देका पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट म्याग्देका पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–५ निवासी एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–५ निवासी ७३ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ती पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँमा बुधबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा निमोनिया, उच्च रक्तचाप लगायतका समस्या थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।