आगो तापेर पार्टी कार्यालयमा सुरक्षा दिँदै प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगो तापेर पार्टी कार्यालयमा सुरक्षा दिँदै प्रहरी

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै तनहुँको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिन थालेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूह विभाजन भएसँगै प्रहरीले व्यास नगरपालिका–३ स्थित पार्टी कार्यालयमा सुरक्षा दिन थालेको हो ।

    विभिन्न जिल्लामा पार्टी कार्यालय कब्जा भइरहेको समाचार सार्वजनिक भइरहेका बेला तनहुँमा पार्टी कार्यालय सुरक्षाका लागि प्रहरी खटाइएको हो । पार्टी कार्यालयमा खटाइएका प्रहरी २४ सै घण्टा सोही ठाउँमा खटिरहेका छन् । चिसो मौसम भएकाले उनीहरु पार्टी कार्यालय बाहिरै आगो तापेर सुरक्षामा खटिएका छन् ।

    दुवै समूहको टकरावका कारण कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी परिचालन गरिएको बताइएको छ ।