पठाओ कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पठाओ कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७७, मंगलवार

    काठमाडौं । ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले पठाओको कार्यालयमा भएको तोडफोडबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आपसी बार्ता र सहमतीय प्रक्रियामा नगएर एक संस्थामाथि आक्रमण शैलीमा तोडफोड गर्नु निकै नै दुखद कुरा भएको फोरमले विज्ञप्तीमार्फत जनाएको छ ।    पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हदसम्म सजिलो हुँदै आएको फोरमले जनाएको छ । साथै कोभिड १९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको तर यस्ता कार्यले अर्थतन्त्रमा धक्का लागेको फोरम संयोजक सागर देव भट्टले विज्ञप्तीमार्फत जनाउनुभएकाे छ ।

    कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्ट–अप क्षेत्रलाइ नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाई जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाई दुरुत्साहान गरेको फोरमको धारणा छ ।

    यस्ता कार्य जो सुकै बाट भएको भए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने फोरमले माग गरेको छ ।