तनहुँमा डेढ लाख घुस लिने सबईञ्जिनियर अख्तियारको फन्दामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेढ लाख घुस लिने सबईञ्जिनियर अख्तियारको फन्दामा

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७७, बुधबार


    तनहुँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले तनहुँबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित एक जना सब ईञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का सबर्ईञ्जियर सुरेन्द्र अधिकारीलाई टोलीले पक्रिएको हो ।


    भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयको काम सम्पन्नताको विवरण दिनलाई घुस लिदै गर्दा दमौलीको मालपोत लाइनस्थित भिरकोट रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको अख्तियार पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो। १४ लाख ६९ हजार रुपैयाँमा विद्यालयको शौचालय निर्माण भएकोमा योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिनलाई उनले घुस मागेका थिए । रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको रिजालले बताउनुभयो । तस्बिर सौजन्य : सविन लामिछाने