तनहुँ : तनहुँको व्यास नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा अभिमुखीकरण गरिएको छ । भूमिहिन, सुकुम्बासीलाई जग्गा व्यवस्थापनका लागि सुकुम्बासी आयोगसँग सम्झौता गरेको नगरपालिकाले उक्त सम्बन्धमा अभिमुखीकरण गरेको हो ।
उक्त अवसरमा आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले भूमिहिनलाई जग्गा उपलब्ध गराउने प्रकृयाका बारेमा जानकारी गराउनुभयो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बास्तोला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की लगायतले वास्तविक सुकुम्बासीले जग्गा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।