विपन्न परिवारलाई ब्ल्यांकेट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपन्न परिवारलाई ब्ल्यांकेट सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    तनहुँ : देशमा रोजगारीको प्रशस्त अवसर नहुदा लाखौँ नेपाली विदेशिन बाध्य छन् । विदेशमा पुगेर कठोर मेहनतले आर्जेको रकमले देशको अर्थतन्त्र र परिवारको आवश्यकता त पुरा भएको छ नै । सामाजिक काममा पनि उस्तै तल्लिन छन् विदेशीएकाहरु ।


    तनहुँबाट दोहा कतार पुगेर संगठित भएका तनहुँबासी विगतदेखि सामाजिक काम सक्रिय छन् । कहिले बिरामीको उपचारमा सघाउने त कहिले परदेशमा अलपत्र तनहुँबासीलाई घर पठाउने वातावरण बनाउँछन् । यसपाली भने तनहुँबासी विपन्न परिवारलाई ओड्न चिसोमा न्यानो ब्ल्यांकेट पठाएका छन् । तनहुँ सेवा समाज दोहा कतार संस्थामा संगठित भएकाहरु मिलेर जिल्लाका १० वटै स्थानिय तहका विपन्न परिवारलाई न्यानो ब्ल्यांकेट पठाएका हुन् ।


    ७० परिवारका लागी ब्ल्यांकेट वितरण गर्न लागेको संस्थाका पुर्वअध्यक्ष तेज गुरमाछान मगरले जानकारी दिनुभयो । प्रत्येक स्थानिय तहले ७ विपन्न परिवारलाई छनोट गरी पठाएका छन् । विहीबार ३ स्थानिय तहमा पुगेर न्यानो अभियान अन्तर्गत विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा वितरण गरिएको हो ।


    शुक्लागण्डकीमा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रवासमा रहेर विपन्न परिवारलाई सघाउनु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले स्थानिय सरकारले पनि विपन्न परिवारलाई सघाइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रवासमा रहनेलाई देशवासीको माया कति छ भनेर यही सहयोगले झल्काउँछ ।’ बाँकी रहेका ७ स्थानिय तहमा पुगेर ब्ल्यांकेट छिट्टै हस्तानतरण गर्ने संस्थाले जनाएको छ ।