दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा वडास्तरिय युवा तथा खेलकुद बिकास समिति गठन गरिएको छ । विहीबार वडा कार्यालयमा भएको भेलाले जिवन भट्टराई क्षेत्रीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको सदस्यमा युवराज पौडेल, असिम थापा, राम थापा, ममता राना, सन्तोष शर्मा अधिकारी र विनिता विक रहेका छन् ।
यसअगाडि शुक्लागण्डकी–१२ ले गठन गरेको थियो । जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै ४ बर्ष हुन लाग्दा नगरस्तरीय समिति भने गठन हुन सकेको छैन् ।