केपी ओली र मोहन शमसेरमा अन्तर देखिएन : प्रदीप पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केपी ओली र मोहन शमसेरमा अन्तर देखिएन : प्रदीप पौडेल

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७७, शनिबार

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरको शासनमा कुनै अन्तर नभएको बताउनुभएको छ ।

    विधिको शासन गर्न छाडेर प्रधानमन्त्रीले चटक देखाएको पौडेलले जिकिर गर्नुभयो । उहॉले भन्नुभयो, ‘मोहन शमशेर पनि कौशीमा बसेर आई त मुखिया, त खरदार, ओई त नासु भन्दिन्थे । आज केपी जी पनि त्यसै भनिरहनुभाको छ । भटाभट नियुक्ति गरिरहनुभएको छ ।

    नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क) ले शनिबार खैरेनीटारमा आयोजना गरेको विरोध सभामा बोल्दै उहॉले नेपालको संघीयता गतिशिल ढंगले अगाडी बढ्न नसक्नुको कारण केपी ओली र नेकपा भएको आरोप लगाउनुभयो । संविधानको बदनाम गर्ने र संविधानमाथि गलत ढंगले टिकाटिप्पणी गर्ने ठाउँ प्रधानमन्त्रीले बनाएको नेता पौडेलको भनाई छ ।

    प्रतिनिधि सभा विघटन गरेर अस्थिरता निम्त्याएको उहॉको भनाई छ । “नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएको थियो । त्यो निर्वाचन जित्नका लागि मात्र थियो । नेकपाले दुई तिहाईको मत ल्याएपछि देशमा अस्थिरता अन्त्य हुने भयो भनेर कांग्रेसमा खुशीयाली छाएको थियो । विकास र सम्बृद्धी छाउछ भन्ने थियो । तर, यो सरकारको पालामा कहिल्यै नभएको गाइजात्रा देखाईयो,” उहॉले भन्नुभयो । कांग्रेसको नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले जनाउनुभयाे । कोभिडको बेलामा पनि सरकार भ्रष्टचार अनियमिततामा लिप्त रहेको उहॉको आरोप थियो।