दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै प्रशिक्षण

    विवि श्रेष्ठ

    २४ पुष २०७७, शनिबार

    तनहुँ : ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शनिबार दुई पाङ्ग्रे सवारी चालकलाई सडकमै प्रशिक्षण गरेको छ । दुई पाङ्ग्रे सवारी चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढेपछि प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभियान अन्तर्गत शनिबार दमौलीमा प्रहरीले सडकमै प्रशिक्षण सञ्चालन गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले लेन अनुशासनको पालना गर्नुपर्ने, मादक पदार्थ सेवन नगरी सवारी चलाउनुपर्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । सो क्रममा सवारी चालक अनुमतिपत्र बोक्नुपर्ने, रातको समयमा हेडलाइट बाल्नुपर्ने, अनावश्यक हर्नको प्रयोग नगर्न, कलिला बालबालिकालाई सवारी साधन प्रयोग गर्न नदिने विषयमा पनि प्रशिक्षण दिनुभएको थियो ।

    शनिबार दुई सय ३० जना दुई पाङ्ग्रे सवारी चालकलाई प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारीसाधनलाई लक्षित गरी प्रदेशव्यापी रुपमा उक्त अभियान शुभारम्भ गरेको थियो ।
    ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषतः तीन वटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारीसाधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ । साथै सरोकारवाला निकायबीच ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिनेछ ।

    तनहुँ जिल्लाका शहरी ठाउँमा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिइनेछ । एकपटकमा १५ देखि २० वटा दुई पाङ्ग्रे सवारी रोकेर प्रशिक्षण सञ्चालन गरिएको छ ।