अदालतको फैसला काङ्ग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    अदालतको फैसला काङ्ग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काङ्ग्रेसका लागि स्वीकार्य हुने बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काङ्ग्रेसले सम्मान गर्ने बताउनुभयो ।

        अदालतले जे पैmसला गर्छ काङ्ग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काङ्ग्रेस चुनावदेखि नडराउने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कार्यले लोकतन्त्र खतरामा परेको भण्डारीले आरोप लगाउनुभयो । वर्तमान सरकारसँग नेपाली जनताको ठूलो आशा रहेको बताउँदै भण्डारीले सरकारले जनतालाई निराश बनाएको टिप्पणी गर्नुभयो ।

    भण्डारीले काङ्ग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताउनुभयो । पूर्वमन्त्री भण्डारीले काङ्ग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।